Pura Samachar

सर्पले डस्दाएक बालिकाको मृत्यु, एकजनाको अवस्था गम्भीर  

प्रकाशित: August 14, 2024
पूरा समाचार

सर्पले डस्दाएक बालिकाको मृत्यु, एकजनाको अवस्था गम्भीर  

दाङ : सर्पले डस्दा घोराही उपमहानगरपालिका-६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर छ।

गएराति सर्पले डस्दा छ वर्षीया इन्दु चौधरीको मृत्यु भएको हो। उनकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले  जानकारी दिए

सर्पपले डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको तिमिल्सिनाले बताए।

गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

प्रतिक्रिया