Pura Samachar

सुनको मूल्य सामान्य घटयाे

प्रकाशित: August 14, 2024
पूरा समाचार

सुनको मूल्य सामान्य घटयाे

काठमाडौँ / बुधबार सुनको भाउ रेकर्ड मूल्यबाट सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ घटेको हो ।

मङ्गलबार प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ बुधबार घटेर १ लाख ५० हजार ५ सय रुपैयाँमा झरेको हो ।
यता, चाँदीको भाउ पनि प्रतितोला पाँच रुपैयाँले घटेको छ । यसअघि प्रतितोला १ हजार ७ सय ४० रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ७ सय ३५ रुपैयाँ पर्ने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया