Pura Samachar

ओली निकटका मण्डललाई हटाउँदै महतो बने संसदीय दलका नेता

प्रकाशित: January 5, 2021
पूरा समाचार

ओली निकटका मण्डललाई हटाउँदै महतो बने संसदीय दलका नेता

पुस २१, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समुहले प्रदेश २ को संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ । मंगलबार बसेको संसदीय दलको बैठकले मण्डललाई हटाउँदै शत्रुधन महतोलाई नेतामा चयन गरेको हो ।

प्रदेशसभामा नेकपाका ३२ सांसद छन् । जसमध्ये १८ सांसदले हस्ताक्षर गरि मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

संसदीय दलको नेतामा रहेका मण्डल प्रधानमन्त्री केपी शर्मा ओली समुहका हुन् । उनी उक्त समुहको प्रदेश इन्चार्जसमेत हुन् ।

प्रतिक्रिया