Pura Samachar

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्ययम वर्षा हुने

प्रकाशित: August 18, 2024
पूरा समाचार

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्ययम वर्षा हुने

काठमाडौं : देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्ययम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ।

दिउँसो सातै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

प्रतिक्रिया