Pura Samachar

नेपाल साफ यु–२० च्याम्पियनसिपमा समूह ‘ए’ को विजेता भन्दा बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

प्रकाशित: August 22, 2024
पूरा समाचार

नेपाल साफ यु–२० च्याम्पियनसिपमा समूह ‘ए’ को विजेता भन्दा बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं। घरेलु टोली नेपाल साफ यु–२० च्याम्पियनसिपमा समूह ‘ए’ को विजेता भन्दा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार अपरान्ह्र ३ बजेबाट हुनेछ।

मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेसँगै नेपालले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको थियो। त्यसअघि भएको खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको थियो।

 

श्रीलंका भने समूह ‘ए’ बाट अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ। यो खेल जित्ने टोली नै समूह विजेता हुनेछ, जसले अर्को समूहको उपविजेतासँग खेल्नेछ।

प्रतिक्रिया