Pura Samachar

अनलाईनमा आएको समाचार गलत हो-हल्लाको पछि नलाग्न वडा अध्यक्ष छेकु लामाको आग्रह

प्रकाशित: January 5, 2021
पूरा समाचार

अनलाईनमा आएको समाचार गलत हो-हल्लाको पछि नलाग्न वडा अध्यक्ष छेकु लामाको आग्रह

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष छेकु लामाले गत पुस १६ गते भरुवा बन्दुक पड्किएर एक जना घाइते भएको विषय जोडेर मेरो नाम राखेर अनलाईन पत्रिकामा विभिन्न काल्पनिक भनाई र तथ्य भन्दा बाहिरका समाचारहरु सम्प्रेषण गरिएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।  आज एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले यो घट्नाको विषयलाई लिएर वडा अध्यक्षको निर्देशनमा गरेको भन्ने भनाई उद्घृत गर्दै आएका समाचार तथा अनर्गल प्रचारप्रति वडा कार्यालय दुःख व्यक्त गर्नु भएको छ । यो समाचार सत्य तथ्यहिन भएको,कसैले राजनीतिक प्रतिशोध साँधेर झुठो आरोप लगाएको कुरा सम्पुर्णमा जानकारी गराउन विज्ञप्तिमा भन्नु भएको छ ।

अध्यक्ष लामाले देशको चौथो अंगजस्तो जिम्मेवारी पत्रकारिता जगतबाट यस घट्नालाई नबुझि बाहिर संप्रेषण गर्नुले वडा अध्यक्षको समेत मानहानी भएको र लाञ्छाना लगाउने जस्ता कार्यसंप्रेषित हुनु दुखत् भएको साथै संवेदनशिल विषयलाई संप्रेषण गर्दै वडा अध्यक्षको समेत भनाई राखेर संप्रेषण गरिदिनुहुन पनि यसै विज्ञप्ति मार्फत देशको सम्रग संचार जगतप्रति हार्दिक अनुरोध समेत गर्नु भएको छ ।

उहाँले हामी संग कुराकानी गर्दै बन्दुक लिएर सिकार गर्न आफूले पठाएको भनी समाचारमा कुनै पनि तुक नभएको बताउनु भयो । समाचारमा जसरी आएको छ त्यो तथ्यहिन भएको भन्दै ‘घटना भएको दिन म गाउँमै नभएको समेत बताउनु भयो । उहाँले भन्नुभयो,“घाइते भएको मान्छेसँग पनि मेरो कुनै नजिकको सम्बन्ध छैन । कसैले राजनीतिक प्रतिशोध साँधेर मविरुद्ध आरोप लगाएका हुन् । त्यो सबै कुरा झुठो हो ।” घटना भएको केहीदिनपछि आफूले थाहा पाएको र अस्पताल जान सुझाव भने दिएको उहाँले स्पष्ट पार्नु भयो ।

कैलाश गाउँपालिका–५ स्थित कटहरेमा गत १६ गते भरुवा बन्दुक पड्किएर ५८ वर्षीय कृष्णबहादुर वाइबा घाइते भएका थिए । घाइते कृष्णबहादुरको हेटौंडाको सहकारी अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था सामान्य बन्दै गईरहेको छ । बाँदरले दुःख दिएको र बाँदर धपाउनको लागि जाँदा भरुवा बन्दुकको बारुद भर्ने क्रममा पड्किएर कृष्णबहादुरको कुममा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले बताउनु भयो । यस विषयमा अनुसन्धान भने भईरहेको उहाँको भनाई रहेको छ ।

प्रतिक्रिया