Pura Samachar

२० वर्ष मुनीको साफ च्याम्पियनसिपकाे पहिलो सेमिफाइनलमा आज नेपाल र भुटान खेल्दै

प्रकाशित: August 24, 2024
पूरा समाचार

२० वर्ष मुनीको साफ च्याम्पियनसिपकाे पहिलो सेमिफाइनलमा आज नेपाल र भुटान खेल्दै

काठमाडौं । २० वर्ष मुनीको साफ च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनलमा आज नेपाल र भुटान खेल्दैछन् ।

खेल दिउँसो ३ बजेदेखि एन्फा कम्प्लेस सातदोबाटोमा शुरु हुने छ ।

नेपाल समूह ‘ए’ विजेता र भुटान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

यस्तै, दोस्रो सेमिफाइनलमा भोलि भारत र बङ्गलादेश खेल्नेछन् ।

लगातार वर्षाको कारण दशरथ रङ्गशालाको मैदान हिलो हुँदा सेमिफाइनल खेल पनि सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समै हुने भएको हो ।

फाइनल खेल बुधवार दशरथ रङ्गशालामा हुनेछ ।

प्रतिक्रिया