Pura Samachar

राष्ट्रियसभा बैठक बस्दै

प्रकाशित: August 25, 2024
पूरा समाचार

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ : राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पारित गरेको छ।

राष्ट्रियसभाको बिहीवारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ सभाबाट सर्वसम्मतिले पारित भएको हो।

सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सभामा विधेयक प्रस्तुत गरेका थिए। मन्त्री चौरसियाको प्रस्तावलाई सभाले सर्वसम्मतरुपमा पारित गरेको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे।

प्रतिक्रिया