Pura Samachar

सुनको भाउ वृद्धि

प्रकाशित: August 25, 2024
पूरा समाचार

सुनको भाउ वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा १०० रुपैयाँ वृद्धि भएको हो ।

अघिल्लो दिन अर्थात् गत शुक्रबार १ लाख ५१ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज भने बढेर १ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासांघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १ हजार ८१५ रुपैयाँ किनबेच भएको थियो । तर, आज भने बढेर १ हजार ८५० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया