Pura Samachar

२० वर्षमुनिको साफ च्याम्पियनसिप: भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुदै

प्रकाशित: August 26, 2024
पूरा समाचार

२० वर्षमुनिको साफ च्याम्पियनसिप: भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुदै

काठमाडौं : २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा सोमबार भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ।

दुई टोलीबीचको खेल सातदोबोटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे शुरु हुनेछ। आजको विजेताले उपाधिका लागि बुधबार नेपालसँग प्रतिस्पर्धा गर्नेछ। शनिबार भएको खेलमा नेपालले पहिलो सेमिफाइनल खेलमा भुटानविरुद्ध टाइब्रेकरमा जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ। निर्धारित ९० मिनेटको समयमा एक-एक गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो।

टाइब्रेकरमा गोलकिपर जियारथ शेखको उत्कृष्ट प्रदर्शनमा घरेलु टोली नेपालले फाइनलमा स्थान बनाएको हो।

प्रतिक्रिया