Pura Samachar

नागाल्याण्डमा श्री कृष्ण जनमास्टमी महोत्सव सम्पन्न

प्रकाशित: August 27, 2024
पूरा समाचार

नागाल्याण्डमा  श्री कृष्ण जनमास्टमी महोत्सव सम्पन्न

डा हरिमोहन पोखरेल

कोहिमा /नागाल्याण्ड राज्यको कोहिमा स्थित चौथो एन ए पी को मन्दिरमा हिजो भव्यताका साथमा श्री कृष्ण जनमास्टमी महोत्सव पालन गरेको समाचार छ ।
प्राप्त समाचार अनुसार प्रत्येक वर्ष जसरी नै यस वर्ष भव्यताका साथमा पालन गरेको र बिहानबाट नै धेरै भन्दा धेरै श्रधालुहरु उपस्थित रहेको र पुजा अर्चना भएको खबर छ ।
समाचारले अगाडि जनाए अनुसार यस वर्ष पनि हाइस्कुल स्थित सनातन कीर्तन मंडलीले आफ्नो प्रस्तुति पनि दिएको कुरा प्रकाशमा आएको छ ।
समाचारले अगाडि जनाए अनुसार हालमा विभिन्न परिस्थितिले गर्दा रातभरी कीर्तन भजन गरेर बस्न नसकिने भएको कारणले गर्दा समारोह भने राती बारह बजे सम्पन्न भएको खबर पनि प्राप्त भएको छ ।
स्मरण रहोस नागाल्याण्ड राज्यमा श्री कृष्ण जनमास्टमी महोत्सव गरिनु विरलै काॠ हो ।जहाँ हिन्दूहरु अल्पसंख्यक छन ।

प्रतिक्रिया