Pura Samachar

सुनको मूल्य स्थिर

प्रकाशित: August 27, 2024
पूरा समाचार

सुनको मूल्य स्थिर

नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदी बढेको छ। अघिल्लो दिन प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन स्थिर रहेको हो।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने बढेको छ। सोमबार प्रतितोला १८ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १८ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ।

प्रतिक्रिया