Pura Samachar

मुख्यमन्त्रीले गरे नेशनल स्पोर्ट्स दिवसमा सहभागिता

प्रकाशित: August 30, 2024
पूरा समाचार

मुख्यमन्त्रीले गरे नेशनल स्पोर्ट्स दिवसमा सहभागिता

डा हरिमोहन पोखरेल

कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेन सिंहले हिजो नेशनल स्पोर्ट्स दिवसमा सहभागिता गरेको समाचार छ ।
प्राप्त समाचार अनुसार मुख्य अतिथिको रूपमा सहभागी हुँदै उनले भने कि भारतेली खेलकुदको इतिहासमा मणिपूर राज्यको अलग्गै पहिचान छ किनभने राज्यले रास्ट्र र अन्तर्राष्ट्रिय स्तरमा समेत खेलाडी दिन सकेको छ ।
उनले अगाडि थपे कि हाम्रो खेलाडीहरुको पनि अलग्गै पहिचान रहेको पनि छ ।जसले आफ्नो मेहनतले गर्दा आज हाम्रो राज्यको शिर उच्च स्थानमा राख्न सक्ने भएको र गर्वको अनुभव गर्न सकिन्छ ।
उनले अगाडी थपे कि खेलकुदको लागि आज सरकारले विश्वविद्यालय बनाउन सामर्थ्य राख्न पाउनु पनि एउटा गौरान्वित इतिहासको पल हो भन्न सकिन्छ ।
उनले अगाडि थपे कि सरकारले खेलाडीहरुको उन्नति विकास र आत्मनिर्भरताको लागि समय -समयमा कदम उठाउने छ ।जसले गर्दा उनीहरूको जीवन सरल सुगम र व्यवस्थित हुन सकोस।
उनले अगाडि थपे कि आगामी दिनहरूमा राज्यले र खेलाडीहरुले खेलको इतिहासमा नया पाना जोडने छ भन्दै सबै आगन्तुकलाई समेत धन्यवाद दिए ।

प्रतिक्रिया