Pura Samachar

पारा ओलम्पिकमा नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले कास्य पदक जितिन

प्रकाशित: August 31, 2024
पूरा समाचार

पारा ओलम्पिकमा नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले कास्य पदक जितिन

काठमाडौं : पारा ओलम्पिकमा नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले कास्य पदक जितेकी छन्। फ्रान्सको पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा पलेशाले ‘के ४४ क्याटागोरी’ अन्तर्गत महिला ५७ केजीमुनी तौलमा कास्य जितेकी हुन् ।

 

 

पलेशाले सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गरेकी हुन्। नेपाली खेलकुदको इतिहासमा ओलम्पिकमा आधिकारिक पदक जित्ने पहिलो खेलाडी बन्दै उनले कीर्तिमान रचेकी छिन्।

पलेशाले शुक्रबार भएको पहिलो खेलमा भेनेजुएलाकी मोरालेसलाई ३१-० को फराकिलो अन्तरले पराजित गर्दै क्वार्टरफाइनल पुगेकी थिइन्। तर क्वार्टरफाइनलमा पलेशा विश्व नम्बर ब्राजिलियन खेलाडी सिल्भाना मायारा पर्नान्डेजसँग १०-८ ले पराजित भइन् । फर्नाण्डेज विरुद्ध सुरुवाती अग्रता लिए पनि अन्तिम समयमा जोगाउन नसक्दा उनी पराजित भएकी हुन्

पलेशा यसअघि सन् २०२१ मा टोकियो पारा ओलम्पिकमा दुई बाउट जितेर पदक नजिक पुगेकी थिइन्। तर कास्य पदक भिडन्तमा उनी चिनिया खेलाडीसँग पराजित भइन् ।

प्रतिक्रिया