Pura Samachar

कैंचीले घोपेर साथीको हत्या, भाग्दै गर्दा फर्पिङबाट पक्राउ

प्रकाशित: January 6, 2021
पूरा समाचार

कैंचीले घोपेर साथीको हत्या, भाग्दै गर्दा फर्पिङबाट पक्राउ

काठमाडौं बालाजुस्थित बाईपासमा कपडा काट्ने कैंचीले घोपेर कलाम मियाँको हत्या गरिएको छ । मंगलबार राति सिलाई–कटाईको काम गर्ने भारत बिहार घर भएका मियाँलाई उनकै सहकर्मीले कैंचीले घोपेर हत्या गरेका हुन् ।

हत्यामा संलग्न आरोपी भारत बिहारका सुवोध शर्मालाई फर्पिङबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्टले जानकारी दिएका छन् ।

घाइते मियाँको उपचारको क्रममा त्रिवी शिक्षण अस्पतालमा मृत्यु भएको हो । मियाँको बुवाको कपडा सिलाई कारखानामा उनीहरु दुवै जना काम गर्थे । पुरानो रिसिवीले गर्दा सुवोधले मियाँलाई आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ ।

मृतकले रडले हिर्काउन खोजेपछि आफूले प्रतिकार गरेको सुवोधले प्रहरीलाई साविती बयान दिएका छन् । घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएको कैंची बरामद गरेको छ । आरोपीको कोठामा भारतीय आधारकार्ड फेला परेको डिएसपी विष्टले बताए ।

प्रतिक्रिया