Pura Samachar

डेंगु सङ्क्रमणका कारण एकजनाको मृत्यु

प्रकाशित: September 2, 2024
पूरा समाचार

डेंगु सङ्क्रमणका कारण एकजनाको मृत्यु

चितवन, भदौ १७ चितवन जिल्लामा डेंगु सङ्क्रमणका कारण एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर २ का ६३ वर्षीय पुरुष रहेका छन् ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जानकारी दिनुभयो । उहाँका अनुसार ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए ।

प्रतिक्रिया