
काठमाडौँ / मंगलबार नेप्से सामान्य अंकले बढेको छ। तीव्र उतारचढावकाबीच यसदिन नेप्से ६.९० अङ्कले बढेर २८३०.१६ विन्दुमा बन्द भएको छ।
अघिल्लो कारोबारको दिन अर्थात सोमबार परिसूचक ४।७२ प्रतिशत अर्थात १२७।३२ अङ्क बढेर २ हजार ८२३.२५ विन्दुमा पुगेर बन्द भएको थियो ।
आज कारोबार रकममा पनि सुधार आएको छ। अघिल्लो कारोबारको दिन अर्थात सोमबार १३ अर्ब १० करोड रूपैयाँको कारोबार भएकोमा यसदिन १३ अर्ब ५७ करोडको कारोबार भएको छ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४७ अर्ब रूपैयाँ वृद्धि भएको हो।
यसदिन ३२८ वटा धितोपत्रको तीन करोड ५ लाख ९९ हजार ८९० कित्ता सेयर किनबेच भएको हो। मंगलबार १०६ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ वटाको घटेको छ। यस्तै, ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ।
यस दिन बीमा क्षेत्रमा आकर्षण देखिएको छ । आज निर्जीवन बीमा समूह सबैभन्दा धेरै ४.७८ प्रतिशत बढेको छ भने, जीवन बीमा समूह २.२८ प्रतिशतले बढेको छ ।
त्यस्तै विकास बैंक १.३२, होटल तथा पर्यटन ०.६५, माइक्रोफाइनान्स ०.३६ प्रतिशत बढेको छ । बैंकिङ ०.६७, फाइनान्स १.५७, हाइड्रोपावर ०.५०, लगानी ०.४४, उत्पादन ०.१४, अन्य ०.१८, ब्यापार ०.४१ प्रतिशत घटे ।
सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो,
यसदिन सात कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ। आज एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, मानुषी लघुवित्त र विन्ध्यवासिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको हो।
यस्तै, इस्नर्ट हाइड्रोपावर, सप्तकोशी विकास बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ भने आत्मनिर्भर लघुवित्त र उपकार लघुवित्तको सेयर मूल्य क्रमशः ९.९८ र ९.९७ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया