Pura Samachar

बंगलादेशले टेस्ट शृंखलामा पहिलो पटक पाकिस्तानलाई हरायाे

प्रकाशित: September 4, 2024
पूरा समाचार

बंगलादेशले टेस्ट शृंखलामा पहिलो पटक पाकिस्तानलाई हरायाे

काठमाडौं । बंगलादेशले पाकिस्तानविरुद्धको टेस्ट शृंखला आफ्नो पक्षमा पारेको छ । बंगलादेशले टेस्ट शृंखलामा पहिलो पटक पाकिस्तानलाई हराएको हो ।

घरेलु टोली पाकिस्तानविरुद्ध दोस्रो तथा अन्तिम टेस्टमा ६ विकेटको जित निकाल्दै बंगलादेशले शृंखला २-० ले आफ्नो पक्षमा पर्यो । पहिलो टेस्टमा बंगलादेश १० विकेटले विजयी भएको थियो ।

पाकिस्तानले प्रस्तुत गरेको १८५ रनको लक्ष्य बंगलादेशले पाँचौं तथा अन्तिम दिन मंगलबार चार विकेट गुमाएर पूरा गयो ।

बंगलादेशले ४२-० को स्थितिबाट पाँचौं  दिनको सुरुआत गरेको थियो ।

बंगालादेशका लागि जाकिर हसनले ४०, कप्तान नजमुल हसन शान्तोले ३८, मोमिनुल हकले ३४, शद्मन इस्लामले २४, मुस्फिकुर रहिमले अविजित २२ र साकिब अल हसनले अविजित २१ बनाए।

पाकिस्तानका मिर हम्जा, खुर्रम शाहजाद, अबरार अहमद र आगा सलमानले समान एक विकेट लिए ।

पाकिस्तानले दोस्रो इनिङमा १७२ रन मात्र बनाएपछि बंगलादेशले १८५ रनको सामान्य लक्ष्य प्राप्त गरेको थियो ।

दोस्रो इनिङमा लागि सलमान आगाले ४७, मोहम्मद रिजवानले ४३, कप्तान शान मक्सुदले २८, सइम अबयुले २० रन जोडे ।

त्यसअघि रावलपिन्डीमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले पहिलो इनिङमा २७४ रन बनाएको थियो ।

बंगलादेश १६२ रनमै समेटिएपछि पाकिस्तानले पहिलो इनिङमा १२ रनको सामान्य अग्रता लिएको थियो ।

प्रतिक्रिया