Pura Samachar

सुनको भाउ स्थिर

प्रकाशित: September 4, 2024
पूरा समाचार

सुनको भाउ स्थिर

काठमाडौं । बुधवार पनि सुनको भाउ स्थिर छ । गत सोमबार १ लाख ५२ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यसपछि लगातार दुई दिनसम्म पनि सोही मूल्य कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि सोही मूल्य कायम भई खरिदबिक्री भएको थियो ।

मंगलबार स्थिर रहेको चाँदीको भाउ पनि आज घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँ घटेर १ हजार ७५५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया