Pura Samachar

फेरि कोहिमामा पहिरो छ जनाको मृत्यु

प्रकाशित: September 5, 2024
पूरा समाचार

फेरि कोहिमामा पहिरो  छ जनाको मृत्यु

डा हरिमोहन पोखरेल

कोहिमा /नागाल्याण्ड राज्यका विभिन्न ठाउमा पहिरो गएको र निकै जनधनको हानी भएको खबर छ ।
प्राप्त समाचार अनुसार गत तीन सितम्बरको राती निरन्तर रूपमा पानी परेकोले गर्दा आएको पैरोले गर्दा छह जनाको ज्यान गएको र धेरै मात्रामा घाइते भएको खबर छ ।
प्राप्त समाचार अनुसार त्यस पैरोमा परेर धेरै मानिसहरु समेत घरविहिन भएको समाचार छ ।
पैरो गएको समाचार सुन्न साथ राज्यको आपदा प्रबन्धन विभाग आर्मी र पुलिस लगायत स्थानीयहरुको सहयोगमा बचाउ र राहत कार्य भएको खबर छ ।
यस पहिरोले गर्दा इम्फाल -दिमापुर नेशनल हाइवे -२९ मा आवतजावत पुर्ण रूपमा बन्द भएको छ भने दिमापूर -कोहिमा भाया इम्फालको लागि अतिरिक्त हाइवे १० माइल -न्यूलेन हुँदै जोतोवा भएर जादिमा हुँदै कोहिमा -इम्फाल शुरु भएको खबर छ ।
यसको साथै कोहिमाको हाइड्रो शिव मन्दिर नजिकै पनि धेरै मात्रामा पहिरो गएकोले आवतजावतमा धेरै बाधा भएको खबर छ ।विभिन्न संचार माद्यमहरुले गरेको रिपोर्ट अनुसार फेरिमाको पहिरोमा धेरै जानमालको हानी भएको र सरकारले सहयोग नगरेको खबर छ भने यो समाचार लेखुन्जेल सम्म सरकारले कुनै पनि राहत र सेवाको घोषणा नगरेको जानकारीमा आएको छ ।
स्मरण रहोस राज्यमा धेरै दिन देखि पानी परेको र पहिरो जादै गरेको थियो ।जसको लागि सरकारले कुनै कदम नउठाउनु पनि राम्रो संकेत होइन कि भन्न सकिन्छ ।

प्रतिक्रिया