बागलुङ। बागलुङ नगरपालिका वडा नं. ४ कुँडुले हुँदै बग्ने ब्रान्द्रेखोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । बाढीमा परी एकजना हराईरहेका छन् ।
बिहिबार राती परेको भीषण वर्षासंगै आएको बाढीमा परी बानपा ४ कुँडुलेदेखी मालिकातर्फ जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र घ१प ९९९६ नम्बर को स्कुटरमा सवार बान्द्रे अढाईथर बस्ने २३ वर्षिय अर्जुन सापकोटा र २२ वर्षिय अविशेक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी विजय यादवले जानकारी थिए ।
बाढीले बगाउँदा सोही स्थानका २० वर्षिय कमल सापकोटा बेपत्ता छन् ।
प्रतिक्रिया