
मेष
अ, आ, चू, चे, चो, ला, ली, लू, ले, लो
व्यापार÷व्यवसाय लाभदायक रहने छ । शुभ समाचार प्राप्त हुनेछ । आज कुनै प्रभावशाली वरिष्ठ व्यक्तिको सहयोग अथवा मार्गदर्शन प्राप्त हुनेछ । प्रसन्नता रहने छ ।
वृष
ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो
स्थायी सम्पत्तिमा वृद्धिको योग छ । आम्दानीमा पनि वृद्धि हुनेछ । रोजगार प्राप्तिको प्रयास सफल रहने छ । भाग्यको साथ पाइने छ ।
मिथुन
का, की, कू, घ, ङ, छ, के, को, ह
आजको यात्रा मनोरञ्जक हुनेछ । बौद्धिक कार्य सफल रहने छ । पार्टी अथवा पिकनिकको कार्यक्रम बन्न सक्छ । शेयर मार्केटबाट लाभ हुनेछ ।
कर्कट
ही, हू, हे, हो, डा, डी, डू, डे, डो
आम्दानी भैरहने छ । परिवारका कुनै सदस्यको स्वास्थ्यको चिन्ता रहने छ । जोखिमपूर्ण कार्य नगर्नु होला ।
सिंह
मा, मी, मू, मे, मो, टा, टी, टू, टे
आज शुभ समाचार प्राप्त हुनेछ । पराक्रम तथा प्रतिष्ठामा वृद्धि हुनेछ । कुनै प्रभावशाली व्यक्तिसंग परिचय हुनसक्छ । सामाजिक कार्यमा रुचि रहने छ ।
कन्या
ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो
पारिवारिक मित्र अथवा आफन्तहरु अतिथिको रूपमा घरमा आउन सक्ने छन् । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । बोलीमा नियन्त्रण राख्नु होला ।
तुला
रा, री, रू, रे, रो, ता, ती, तू, ते
कुनै प्रभावशाली व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ । प्रसन्नता रहने छ । व्यावसायिक यात्रा लम्बिन सक्ने छ । अप्रत्याशित लाभको योग छ ।
वृश्चिक
तो, ना, नी, नू, ने, नो, या, यी, यू
बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । बोलीमा नियन्त्रण राख्नु होला । अप्रत्याशित खर्च बढ्ने छ । स्वास्थ्य कमजोर रहने छ ।
धनु
ये, यो, भा, भी, भू, धा, फा, ढा, भे
यात्रा मनोरञ्जक हुनेछ । साथीहरुको सहयोग समयमै प्राप्त हुनेछ । प्रसन्नता रहने छ । लाभको अवसर हात पर्नेछ ।
मकर
भो, जा, जी, खी, खू, खे, खो, गा, गी
व्यापारमा नयाँ योजना बन्ने छ । कार्यस्थलमा परिवर्तनका बारेमा छलफल हुनेछ । घर–परिवारमा सुख–शान्ति रहने छ ।
कुम्भ
गू, गे, गो, सा, सी, सू, से, सो, दा
कुनै विशेष स्थानको यात्रा मनोरञ्जक रहने छ । व्यापार लाभदायक रहने छ । साथीहरुको सहयोग प्राप्त हुनेछ । तीर्थयात्राको योजना बन्ने छ । धन प्राप्ति सुगम तरिकाले हुनेछ ।
मीन
दी, दू, थ, झ, ञ, दे, दो, चा, ची
व्यापार सामान्य चल्ने छ । व्यवसायमा अरुमाथि विश्वास नगर्नु होला । सवारी साधन अथवा मशीनरीको प्रयोगमा सावधानी अपनानु होला ।
प्रतिक्रिया