
डा हरिमोहन पोखरेल
कोहिमा /हिजो राती नेशनल हाइवे २९ को जुब्जा गाउँमा स्थित पुलको छेउमा एउटा ट्रक फसेको र उक्त ट्रकको चालक भने फरार भएकोले फेरि एनएच -२९ अवरुद्ध भएको खबर छ ।
प्राप्त समाचार अनुसार गत राती सो घटना भएको कारण हिजो रातीबाट नै इम्फाल-कोहिमा बाया दिमापूर जाने कैयौं मालबाहक ट्रक ग्यास लगायत कैयौं अन्य गाडीहरू खडा रहेको खबर छ ।
समाचारले अगाडि जनाए अनुसार कतिपय चालक र खलासीहरुको खाने पिउने समान नरहेको र भोक भोकै रहनु परेको कुरा पनि सामने आएको खबर छ ।
समाचार अनुसार केही चालक र खलासी संग बताए कि उक्त बाहनहरु कोहिमाबाट दिमापूर तर्फ गएका हुन जुन खाली छन ।उनीहरू भने फेरि दिमापूर सामान लिने गएको पुष्टी भएको छ ।
उनीहरूले अगाडि बताए कि हामीलाई अहिलेसम्म कुनै प्रकारको राहत आएको छैन ।हामी संग भएको राशन पानी समेत समाप्त भएको छ ।फेरि बेला -बेला पानी पर्ने भएकोले गर्दा हामीलाई धेरै चिन्ता लागेको छ ।
अचानक पानी परेकोले गर्दा मौसम विभाग संग सम्पर्क गर्दा विभागले बताए अनुसार केही दिन सम्म पानी पर्ने कुरा गरेको छ ।
स्मरण रहोस हिजो रातीबाट अवरुद्ध भएको सडक कहिले सम्म खोलिने हो र चालक -खलासीको हालतमा परिवर्तन आउने हो त्यो त आउने भविष्य नै बताउला ।
प्रतिक्रिया