Pura Samachar

नेपालले आईसीसी विश्वकप ‘लिग टू’ अन्तर्गत क्यानडामा हुने खेलका लागि १६ सदस्य टोली घोषणा

प्रकाशित: September 9, 2024
पूरा समाचार

नेपालले आईसीसी विश्वकप ‘लिग टू’ अन्तर्गत क्यानडामा हुने खेलका लागि १६ सदस्य टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) नेपालले आईसीसी विश्वकप ‘लिग टू’ अन्तर्गत क्यानडामा हुने खेलका लागि १६ सदस्य टोली घोषणा गरेको छ ।

क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो । टोलीमा विकेटकिपर अर्जुन साउद र तिब्र गतिका बलर रिजन ढकालले पुनरागमन गरेका छन् ।

त्यस्तै १६ सदस्य टोलीमा देव खनाल ट्राभल रिजर्भ खेलाडीमा छन् । लिग टू मा नेपालले पहिलो खेल सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ । त्यस्तै नेपालले सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ । लिग २ पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी२० आई सिरिज पनि हुनेछ ।

नेपालको टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी र देव खनाल (ट्राभलिङ रिजर्भ) रहेका छन् ।

प्रतिक्रिया