Pura Samachar

घरेलु टोली भारतलाई हराउँदै सिरियाले जित्यो इन्टरकन्टिनेन्टल कप

प्रकाशित: September 10, 2024
पूरा समाचार

घरेलु टोली भारतलाई हराउँदै सिरियाले जित्यो इन्टरकन्टिनेन्टल कप

काठमाडौं। घरेलु टोली भारतलाई हराउँदै सिरियाले इन्टरकन्टिनेन्टल कप जितेको छ।

हैदराबादमा सोमबार भएको खेलमा सिरियाले भारतलाई ३-० ले पराजित गरेको हो।

सातौं मिनेटमै महमूद अल-अस्वादको गोलमा सिरियाले सुरुआती अग्रता लिएको थियो। ७७औं मिनेटमा दलेहो इरानदुस्टले अग्रता दोब्बर बनाए।

इन्जुरी समयमा पाब्लो सब्बागले अर्को गोल थप्दै सिरियालाई सहज जित दिलाए। यसअघि भारतले मौरिसससँग गोलरहित बराबरी खेलेको थियो।

सिरियाले भने मौरिससलाई २-० ले पाखा लगाएको थियो। सिरिया अपराजित रहँदै प्रतियोगिता जित्न सफल भएको हो।

प्रतिक्रिया