डा हरिमोहन पोखरेल
कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेन सिंहले हिजो राज्यका प्रमुख विद्यार्थी संगठनका प्रतिनिधिहरु संग बसेर राज्यको ताजा स्थिति बारे अवगत गराउदै शिक्षाको क्षेत्रमा भएको अवरोधलाई रोक्न सक्दो प्रयास गरिने बारे चर्चा गरेको खबर छ ।
प्रेसले प्राप्त समाचार अनुसार अहिलेसम्मको वर्तमान स्थितिमा विद्यार्थी संगठनहरुले धेरै धर्ना र प्रदर्शन गरेको र शिक्षा क्षेत्रमा आएको अनावश्यक बाधा हुन गएकोलाई रोक्ने बारे पनि गहन रूपमा छलफल भएको छ ।
बैठकमा मुख्यमन्त्री विरेनले सरकारले सक्दो शिक्षा क्षेत्रलाई बाधा नपुर्याउनको लागि प्रयासरत रहेको कुरा उनले बताए ।
उनले अगाडि थपे कि मणिपुरको वर्तमान स्थिति भने धेरै सम्वेदनशील रहेको कुनै शब्दमा बयान पनि गर्न नसक्ने कुरा पनि गरे ।
उनले फेरि भने कि अहिलेको हालत भने रसिया र उक्रेन भन्दा कम नभएको र यो कार्यमा अवश्य पनि वैदेशिक कुटनीति रहेको कुरा पनि गरे ।
उनले विद्यार्थी संगठनका प्रतिनिधिहरुलाई अहिलेको स्थितिले शिक्षा क्षेत्रमा व्यवधान नदिने कुरामा विश्वास दिए ।
स्मरण रहोस मुख्यमन्त्रीले पहिलो चोटी विद्यार्थी संगठनका प्रतिनिधिहरु संग बैठक गरेका हुन ।जो एउटा इतिहासिक काॠ हो ।
प्रतिक्रिया