डा हरिमोहन पोखरेल
कोहिमा /भारत सरकारको मौसम विभागले दिएको ताजा जानकारी अनुसार आगामी केही दिन सम्म निरंतर रूपमा पानी पर्ने र पहिरो जाने बताएको समाचार छ ।
विभागले दिएको जानकारी अनुसार पूर्वोत्तर राज्यका लगभग सबै राज्यहरुमा धेरै भन्दा धेरै पानी पर्ने र जानमालको समेत हानी नोक्सानी हुने बताएको छ ।
समाचारका अनुसार केन्द्र र राज्य सरकारको आपदा प्रबन्धन दल समेत सक्रिय रहने र स्थितिलाई नियन्त्रण गर्नुपर्ने कुरा पनि जनाएको छ ।
प्राप्त समाचार अनुसार मानिसहरूलाई घरबाट बाहिर ननिस्कने र आफ्नो जरुरी काम परे मात्रै घरबाट बाहिर निस्किनु भन्ने आदेश दिएको छ ।
विभागले अगाडि जनाए अनुसार विशेष गरेर केटाकेटीहरुलाई बाहिर जानबाट बचाउनु पर्नेछ ।
स्मरण रहोस पूर्वोत्तरमा भारी पानी परेर पहिरो गएको र नोक्सान नभएको होइन फेरि पनि हामीले सतर्क हुनु आवश्यक देखिन्छ ।
प्रतिक्रिया