Pura Samachar

दक्षिण अमेरिकी विश्वकप छनोटमा,ब्राजिल र अर्जेन्टिनाको हार

प्रकाशित: September 11, 2024
पूरा समाचार

दक्षिण अमेरिकी विश्वकप छनोटमा,ब्राजिल र अर्जेन्टिनाको हार

काठमाडौं। दक्षिण अमेरिकी विश्वकप छनोटमा पाराग्वेले ब्राजिललाई पराजित गरेको छ।

बुधबार बिहान भएको खेलमा पाँचपल्टको विश्व विजेता ब्राजिललाई पाराग्वले १-० ले पराजित गरेको हो।

पाराग्वेक लागि २०औं मिनेटमा डिएगो गोमेजले गरेको गोल नै निर्णायक बन्यो। यसअघि ब्राजिलले यही नतिजामा इक्वेडरलाई पराजित गर्दै लय समात्ने प्रयास गरेको थियो। तर, यो हारसँगै ब्राजिल पुन: खराब लयको शिकार हुन पुगेको छ।

८ खेलबाट १० अंक जोडेको ब्राजिल तालिकामा पाँचौं स्थानमा छ। पाराग्वे भे समान खेलबाट ९ अंक जोड्दै सातौं स्थानमा छ।

अर्को खेलमा  जेम्स रोड्रिग्वेजले पेनाल्टीबाट गरेको गोलको मद्दतमा कोलम्बियाले कोपा अमेरिकाको डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई २–१ ले पराजित गरेको छ।

कोपा अमेरिकाको फाइनलपछि चोटका कारण मैदानबाहिर रहेका लिओनल मेसीलाई अर्जेन्टिनाले गुमाएको थियो। रोड्रिग्वेजले उपलब्ध गराइदिएको बलमा गोल गर्दै २५औं मिनेटमा यार्सन मस्जिद्राले गोल गर्दै कोलम्बियालाई सुरुआती अग्रता दिलाएका थिए।

 

तर, ४८ औं मिनेटमा निको गोन्जालेजले अर्जेन्टिनालाई बराबरीमा ल्याए। रोड्रिग्वेजले खेलको ६०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टिमपोलिटानो स्टेडियममा घरेलु टोलीलाई जित दिलाए।

रोड्रिग्वेजले भने, ‘यो अर्जेन्टिनाविरुद्ध ठूलो जित हो। मौसम कठिन थियो। धेरै गर्मी थियो, तर हामीले उत्कृष्ट खेल खेल्यौं। न्यायोचित जित हो।’
गत जुलाईमा कोलम्बियालाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि उचालेको थियो।

सन् २०१९ यता अर्जेन्टिनामाथि पहिलो जित हात पारेको कोलम्बिया दक्षिण अमेरिकी विश्वकप छनोटमा अपराजित छ।

प्रतिक्रिया