काठमाडौं । सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधवार एकै दिन तोलामा एक हजार रुपैयाँ वृद्धि भएको छ ।
योसँगै नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख ५३ हजार ४०० रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन भने १ लाख ५२ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो । यसअघि १ लाख ५३ हजार ३०० रुपैयाँ पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको थियो ।
प्रतिक्रिया