काठमाडौं : हिंसा शब्दका विषयमा बुधबार पनि प्रतिनिधिसभा बैठकमा सांसदहरूबीच दोहोरी चलेको छ। दोहोरीकाबीच माओवादी केन्द्रका सांसदहरूको लगातारको अवरोधपछि भदौ ३० सम्मका लागि बैठक स्थगित भएको छ।भदौ १२ गतेको संसद् बैठकमा एमाले सांसद योगेश कुमार भट्टराईले बोलेको हिंसा शब्दलाई रेकर्डबाट हटाउन नसकिने भनी सभामुख देवराज घिमिरेले बताउनासाथमाओवादी सांसदले आपत्ति जनाएका थिए।
त्यसलगत्तै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले विरोध जानाउँदै असहमति प्रकट गरी समय मागेर बोले।
त्यसपछि एमाले सांसद रघुजी पन्तले सभामुखले रुलिङ गरेपछि प्रतिवाद गर्न मिल्दैन भनेपछि एमाले र माओवादी सांसदबीच आरोपप्रत्यारोप भयो। प्रतिपक्षी र सत्तापक्षबीच लामो बहसपछि पनि विषय नटुंगिएपछि सभामुख घिमिरेले बैठक ३० भदौसम्मका लागि स्थगित गरेका हुन्।
प्रतिक्रिया