Pura Samachar

भाद्र २९ देखि असोज ०४ गतेसम्मकाे सप्ताहिक राशिफल

प्रकाशित: September 14, 2024
पूरा समाचार

भाद्र २९ देखि असोज ०४ गतेसम्मकाे सप्ताहिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो साता पुरानो समस्या सुल्झाउन सकिनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कूटनीतिक नियोग र वैदेशिक कार्यबाट प्रशंसा मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यो साता महत्त्वपूर्ण कामको योजना बन्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । रमाइलो यात्रा हुने तथा मान सम्मान मिल्नेछ । नोकरी गर्नेले मान सम्मान पाउने छन् । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो साता मध्यम छ, सामान हराउने वा चोरी हुने सम्भावना छ । व्यक्तिगत स्वास्थ्य र यात्रा प्रति सतर्क रहनु पर्नेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । मध्य सातामा विचार पुर्‍याएर निर्णय लिनु राम्रो होला । साथै, नियमित खर्च समेत बढ्ने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मध्य सातामा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो हप्ता धार्मिक र सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । पुराना योजना बिस्तारै अघि बढ्नेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । शुभ कार्यको चर्चा चल्नेछ । सामाजिक उपकारको काममा सहभागी भइएला । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यो साता ठीक समयमा सही निर्णय लिन सकिनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । मध्य सातामा प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो सातामा मिश्रित फल मिल्नेछ । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइन सक्छ । तर बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो हप्ता सफल यात्राको योग छ, तर स्वास्थ्य प्रति भने सजगता अपनाउनु पर्नेछ । दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । साताको अन्त्यमा महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यो साता अरुलाई प्रभावित पारेर काम बन्नेछ । शुभकार्यको चर्चा चल्नेछ । अधुरा कार्य पूरा गर्न आफन्तबाट सहयोग मिल्नेछ । धर्म, विश्वास, आस्था र सद्भाव पनि बढ्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
यो साता धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । सामाजिक क्षेत्रबाट मान सम्मान मिल्नेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ । महिला मित्रबाट राम्रो आश्वासन मिल्नेछ । साताको अन्त्यमा नाक तथा घाँटीमा समस्या आउन सक्छ । घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो साता मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्न सक्छ । साताको अन्त्यबाट रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । रोकिएका अधुरा र पुराना काम बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो हप्तामा नयाँ अवसरहरू आउनाले मन प्रसन्न रहनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । साथीभाइहरूले राम्रै सहयोग जुटाउनेछन् । शेयर बजारबाट पनि राम्रो सफलता मिल्नेछ, तर अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ ।

प्रतिक्रिया