
काठमाडौं ।इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार चौथो खेलमा जित निकाल्दा लिभरपुल भने पहिलो पटक पराजित भयो।
चौथो खेलमा लगातार जित निकाल्ने क्रममा सिटीले ब्रेन्टफोर्डलाई २-१ ले पराजित गर्यो। सिटीका स्टार स्ट्राइकर अर्लिङ हालान्डले टिमको जितमा दुवै गोल गरेका थिए। यद्यपि, खेलमा अग्रता भने योयनी विसाको गोलमा ब्रेन्टफोर्डले पहिलो मिनेटमै गरेको थियो।
खेलमा सिटीले हालान्डको गोलमार्फत १९ औं मिनेटमा बराबरी गोल फर्काउँदा एडर्सनको गोलमा हालान्डले ३२ औं मिनेटमा अग्रता दिलाएका थिए। त्यसपछि पनि सिटीले लगातार आक्रमण गरेपनि सफल हुन सकेन।
त्यस्तै, अर्को खेलमा लिभरपुल नोटिङ्घम फरेस्टसँग १-० ले स्तब्ध बन्यो। जारी सिजन लिभरपुलको यो पहिलो हार हो। चौथो खेलमा लिभरपुललाई हारका लागि कौलम हुडसन-ओडोइले गरेको एकमात्र गोल पर्याप्त भयो। लिभरपुलविरुद्ध नोटिङ्घमको यो १९६९ पछि पहिलो जित हो।
पहिलो हाफमा लगातार उत्कृष्ट अवसर सिर्जना गरेपनि लिभरपुल गोल गर्न सफल भएन। यद्यपि, नोटिङ्घमले दोस्रो हाफमा गरेको एकमात्र गोल निर्णायक बन्यो। हड्सन ओडोइले ७२ औं मिनेटमा गरेको गोल उसलाई तीन अङ्कका लागि पर्याप्त बन्यो।
खेलपछि लिभरपुल ४ खेलबाट १२ अंकका साथ शीर्ष स्थानमा छ। लिभरपुल ९ अंकका साथ दोस्रो स्थानमा रहँदा एस्टन भिल्लाको पनि ९ अंक रहेको छ।
प्रतिक्रिया