काठमाडौं । सुनको मूल्यले पुनः ऐतिहासिक रेकर्ड कायम गरेको छ । आइतबार छापावाला सुनको भाउ तोलामा ५०० रुपैयाँ वृद्धि भएको छ । योसँगै आज प्रतितोला १ लाख ५६ हजार ८०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि अर्थात् गत शुक्रबार पनि १ लाख ५६ हजार ३०० रुपैयाँ पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको थियो । तर, आज पुनः उक्त रेकर्ड तोड्दै कीर्तिमानी उचाई कायम गरेको हो ।
प्रतिक्रिया