काठमाडौं – आज संवैधानिक परिषद्को बैठक आज बस्दै छ । यही भदौं २८ भएको बैठकबाट कुनै निर्णय हुन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । सो बैठकमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश प्रकाशमान सिंह राउतमाथि थप छलफल गरेर निर्णय लिने निष्कर्षसहित सकिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे बस्ने बैठकमा प्रधानन्यायाधीश सिफारिसका विषयमा छलफल हुनेछ ।
प्रधानमन्त्री अध्यक्ष हुने सो परिषद्मा विपक्ष दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया