काठमाडौँ : संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतलाई नियुक्त गर्न सिफारिस गरेको छ।
सोमवार साँझ बालुवाटारमा बसेको परिषद्को बैठकले राउतको नाम सिफारिस गर्ने निर्णय गरेको हो। वरिष्ठताका हिसाबले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरिएको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन्।
उनको संसदीय सुनाई समितिबाट नाम अनुमोदन गराउनुपर्छ। त्यसपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।
बैठकमा परिषदका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत उपस्थित थिए।
प्रतिक्रिया