Pura Samachar

मुख्यमन्त्रीले गरे स्वच्छता ही सेवामा कार्यक्रमको थालनी

प्रकाशित: September 18, 2024
पूरा समाचार

मुख्यमन्त्रीले गरे स्वच्छता ही सेवामा कार्यक्रमको थालनी

डा हरिमोहन पोखरेल
कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेनले हिजोबाट राज्यमा व्यापक रूपमा स्वच्छ रहनको लागि स्वच्छता ही सेवा कार्यक्रमको थालनी गरेको समाचार छ ।

प्राप्त समाचार अनुसार उनले भने कि राज्यमा व्यापक रूपमा सफा राख्नको लागि हामीले यो कार्यक्रमको थालनी गरेको हो ।
उनले अगाडि थपे कि हामीले प्रत्येक गाउँहरुमा पनि सफाई अभियान चलाइने छ ।जसले गर्दा गाउँमा विभिन्न प्रकारका संक्रमणबाट बच्न सकिने छ ।
उनले अगाडि थपे कि हामीले यस स्वच्छता अभियानमा स्वच्छता मित्रहरूको मद्दतले जानकारी दिने र अभियानलाई धेरै दर्बिलो बनाउने हो ।यस अभियानमा प्रत्येकले सक्रिय रूपमा भाग लिनु आवश्यक रहेको कुरा बताए ।
यस अवसरमा राज्यका विभिन्न पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया