कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेन सिंहले आज विश्वकर्मा पूजाको अवसरमा राज्यका सबै अभियन्ताहरुलाई शुभकामना संदेश दिएको समाचार छ ।
शुभकामना सन्देशमा उनले भने कि सत्य त्रेता द्वापर र कलियुगमा समेत विश्वकर्मा एकजना कुशल शिल्पी कारीगर तथा अभियन्ता रहेको कुरा इतिहास पाइन्छ ।
उनले अगाडि थपे कि उनको यस महत कार्यमा हामीले पनि योगदान दिएर आउने समयमा एउटा इतिहास कायम राख्नुपर्ने छ ।
उनले अगाडि थपे कि सरकारले पनि विश्वकर्माको नाममा विभिन्न योजना चलाउने गरेको छ ।जसको फाइदा जनता माझ अवश्य पाउने छन भन्ने कुरामा दुइमत छैन ।
डा हरिमोहन पोखरेल
प्रतिक्रिया