काठमाडौँ / बुधबार पनि सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।
यसअघि प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज घटेर १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
यता, चाँदी पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । यसअघि प्रतितोला १ हजार ९ सय ५ रुपैयाँ पुगेको चाँदीलाई आज १ हजार ८ सय ९० रुपैयाँ पर्नेछ ।
प्रतिक्रिया