
अफगानिस्तानले इतिहास रच्दै पहिलो पटक दक्षिण अफ्रिकालाई पराजित गरेको छ। कुनैपनि फर्म्याटमा अफगानिस्तानले दक्षिण अफ्रिकामाथि निकालेको यो पहिलो जित हो।
बुधबार शारजाह मैदानमा भएको पहिलो एकदिवसीय खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका केवल १ सय ६ रनमा समेटियो। जवाफमा अफगानिस्तानले २६ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
अफगानिस्तानका लागि तीब्र बलर फजलहक फारुखीले ४ विकेट हात पार्दा, अल्लाह घजनफरले ३ र राशिद खानले २ विकेट लिए। ब्याटिङतर्फ गुलबदीन नइबले ३४ रन बनाए। त्यस्ते अजमतुल्लाह ओमरजाइले २५ रन बनाउँदा टिमले सहज रुपमा जित हासिल गर्यो। ६ विकेटको जितसँगै अफगानिस्तानले तीन खेलको एकदिवसीय सिरिजमा १-० को अग्रता बनाएको छ।
यसअघि यी दुई टोलीबीच ३ टी-२० र २ एकदिवसीय खेल भएका थिए। सबैमा दक्षिण अफ्रिका विजयी भएको थियो। दुई टिमबीच पछिल्लो पटक टी-२० विश्वकपमा प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा दक्षिण अफ्रिकालाई ५६ रनमै समेटेको दक्षिण अफ्रिकाले ९ ओभरमै खेल आफ्नो पक्षमा पारेको थियो।
टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाको सुरुवात निकै खराब रह्यो। उसले ३६ रन जोड्दा ७ विकेट गुमाएको थियो। वियन मल्डरले ५२ रनको अर्धशतकीय इनिङ खेल्दा टिमले सय रनको आँकडा पूरा गर्न सफल भएको थियो।
अब यी दुईबीचको दोस्रो एकदिवसीय खेल भोल हुनेछ।
प्रतिक्रिया