Pura Samachar

नागाल्याण्ड विश्वविद्यालयमा नेशनल सेमिनार सम्पन्न

प्रकाशित: September 23, 2024
पूरा समाचार

नागाल्याण्ड विश्वविद्यालयमा नेशनल सेमिनार सम्पन्न

 

कोहिमा /नागाल्याण्ड विश्वविद्यालयमा हिजो अनलाइन नेशनल सेमिनार सम्पन्न भएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार डा मिथिलेश कुमार सिन्हा संकायअध्यक्ष समाज विज्ञान संकाय नागाल्याण्ड विश्वविद्यालयले अध्यक्षता गरेका थिए भने तेजपुर विश्वविद्यालय असमका सहायक निदेशक (राजभाशा) डा कुल प्रसाद उपाद्याय एवं प्रो ज्ञानेन्द्रनाथ तिवारी विभागाद्यक्ष शिक्षक शिक्षा विभाग नागाल्याण्ड विश्वविद्यालयले आफ्नो-आफ्नो शोधपत्र प्रस्तुत गरे ।
आफ्नो पत्र प्रस्तुत गर्दै डा उपाध्यायले भने कि पूर्वोत्तरमा हिन्दीको विकास र प्रचार-प्रसार गर्नकै लागि हामीले जमीनी धरातलबाट काॠ गर्नु आवश्यक देखिन्छ ।किनभने हामीले बोलेको र काम गर्ने धरातल अलग्गै छ ।
उनले अगाडी भने कि नागाभुमिमा कुनै पनि भाषाको कार्य गर्दा धर्म संग जोड्ने परम्परा रहेको छ ।फेरि पनि त्यसको सरोकार भने अलग्गै हुन्छ ।
उनले आफ्नो अनुभव साझा गर्दै भने कि हामीले सर्वप्रथम जमीनी धरातल बुझ्न आवस्यक छ किनभने भारतका अन्य क्षेत्रभन्दा नागाल्याण्डको सोच अलग्गै छ ।
अर्को शोधपत्र प्रस्तुत गर्दै प्रो ज्ञानेन्द्रनाथ तिवारीले भने कि भारतका अन्यत्र राज्यभन्दा नागाल्याण्ड प्राकृतिक सुन्दरताले भरपुर भए पनि हिन्दीको प्रचारमा भने निकै कमजोर भएको अनुभव गर्न सकिन्छ ।
उनले अगाडी थपे कि राज्यको हरेक मोडमा हिन्दी बुझ्ने मान्छेको कमी त छैन ।फेरि पनि मर्मरूपमा बुझ्नको लागि सम्वेदना हुनु आवश्यक देखिन्छ ।
उनले आफ्नो अनुभव साझा गर्दै भने कि हामी बजारमा जान्छौं अनि समान किन्ने गरेको बेला हिन्दीमा बोल्ने गरेको छ तर पनि बजारमा हिन्दी बुझ्ने मान्छे धेरै रहेको थाहा पाइन्छ ।
उनले अगाडि थपे कि हिन्दीलाई हामीले शिक्षा र शिक्षण सम्म सीमित नराखेर प्रचार-प्रसारमा ध्यान दिनुपर्ने बेला आएको छ ।
हिन्दी पखवादाको अवसरमा आयोजित सो सेमिनारमा विश्वविद्यालयमा विविध कार्यक्रम हरु आयोजना भएको र सेमिनार पनि एक रहेको थियो ।यस अवसरमा डा मिथिलेश कुमार सिन्हाले पनि हिन्दीको प्रचारप्रसारमा धेरै ध्यान दिनुपर्ने कुरामा जोड दिदै आफ्नो वक्तव्य राखे ।सेमिनारमा देशभरिका विभिन्न स्थानबाट करीब सयभन्दा माथि विद्वानहरुको उपस्थिति रहेको थियो ।यस अवसरमा प्रो अनुजले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको संचालन आशिष कुमारले गरेका थिए ।
डा हरिमोहन पोखरेल

प्रतिक्रिया