Pura Samachar

नागाल्याण्डमा नेपालीलाई आइएलपी लाग्न थाल्यो

प्रकाशित: September 28, 2024
पूरा समाचार

नागाल्याण्डमा नेपालीलाई आइएलपी लाग्न थाल्यो

कोहिमा /सुन्दा अति नै अचम्म लाग्न सक्छ आज सम्म नेपालीहरुले आफ्नो हाड -छाला एक गरेर यही माटोलाई आफ्नो मानेर बसे आज यहीको सरकारले नेपालीलाई पनि आइएलपी शुरु गर्‍यो ।
कोहिमा जिल्ला मुख्यालयबाट पठाएको टोलिले हिजो धेरै नै नेपालीहरु पक्राउ परेको र पाँच सयरूपया प्रति व्यक्ति तीर्नु परेको पनि खबरमा आएको छ ।
पक्राउ परेका एकजना भाइले यो सम्वाददातालाई बताए कि हामीले आज सम्म जानेको पनि थिएन अनि कहिले मागेको पनि थिएन ।हामी नेपाली हो भन्दा सधैं छोडिदिने गर्दथियो तर यसपटक भने पुलिसले कसैको सुनेन।
अर्को एकजना वयोवृद्धले पनि बताए कि म यही जन्मेको अनि यही मर्ने बेला पनि भयो ।हामीले नागाभुमिको लागि के गरिएको थिएन र –??फेरि पनि आज मलाई आइएलपी लाग्यो ।
उनले अगाडि भने कि कतिपयले आफ्नो सही जग्गा बताउदा पनि पुलिसले जबर्जस्ती तिमीहरू नेपालको हो भनेर लेखेर समेत पैसा लिएको देखेको हो ।
उनले अगाडि प्रश्न गरे कि पुलिस जनताको सेवाको लागि हो कि यसरी तनाव दिनको लागि हो–???
आइएलपी चेकिङ समयमा पुलिसको एकजना अधिकारीले बतायो कि अब सबै नेपालीहरुले पनि सात दिनभित्रमा थानामा आएर आइएलपी बनाउनुपर्छ नभए हामीहरू कार्यवाही गर्ने हो ।
उसले अगाडि भन्यो कि अब सबै कामगर्नेहरुलाई पास अनिवार्य रहने छ नबनाएको पाइयो भने कार्यवाही हुनेछ ।

स्मरण रहोस कि नागाल्याण्ड राज्यमा आइएलपीको नाममा भारतीय र विशेष हिन्दुहरु माथी अत्याचार नभएको होइन ।आज यस चपेटमा नेपालीहरु पनि आउनु गम्भीर विषय बनेको छ ।
डा हरिमोहन पोखरेल

प्रतिक्रिया