डा. डी.आर. उपाध्याय खनाल
हाम्रो देशमा प्राकृतिक विपद्ले गर्दा नागरिक जीवनमा पटक-पटक कठिनाइ उत्पन्न भइरहेको छ । बाढी, भूकम्प, पहिरो र हावाहुरीजस्ता घटनाले गर्दा जनजीवनमा ठूलो प्रभाव पार्ने गरेको छ । राजनीतिक, आर्थिक रूपमा, विभिन्न पीडा भोग्दै आएका हामीलाई प्राकृतिक विपद्ले थप कहर थपिदिएको हुन्छ । हाम्रो भौगोलिक संरचना र जलवायु परिवर्तनका कारण पनि प्राकृतिक विपद्को जोखिम उच्च छ । बाढीपहिरो विशेषगरी मानसुनजन्य समस्याले थप कष्टकर बनाउँदै ल्याएको छ ।
विसं २०७२ सालको विनिशकारी भूकम्प र गत वर्ष कालिकोट, जाजरकोटको भूकपम्ले हजारौंको जीवन समाप्तका साथै लाखौंको घरबार ध्वस्त भयो भने हरेक वर्षजस्तो हुने बाढीपहिरोका घटनाले थप कष्ट पुर्याउनुने गरेको छ । यी घटनाले केवल भौतिक सम्पत्तिमा मात्र नभई मानिसहरूको मानसिक स्वास्थ्यमा पनि गहिरो असर पुर्याएका छन् । कुनै पनि विपद्को समयलाई आफ्नो साहस र संघर्षले नेपाली जनताले ती घाउलाई पुर्दै आइरहेका छन् । बाढी र भूकम्पपछि हजारौं मानिसले आफ्नो घरबार गुमाए पनि, पुनर्निर्माणका लागि अठोट लिने गरेका छन् । आपसी सद्भाव, सहयोग र मेलमिलापले संकटको समयमा सहयोग गर्न थाल्छन्, जसले गर्दा समुदायमा आशा र एकता बढ्छ । तर राज्य पक्ष भने जहिले चुकेको देखिन्छ । आफ्नो कर्तव्र्य पूर्णरूपमा पालन नगरेको आमनेपालीले महसुस गर्दै आइरहेका छौ ।
तमाम कहरै कहरबीच जिउन बाध्य भएका हामीलाई यतिबेला फेरि प्राकृतिक कहर आइलेको छ । हनु त हरेक वर्षजस्तो हामीले यस्तो कहर भोग्दै आएका छौं । कहिले कोभिडको कहर त कहिले केको कहरमा हामीले आफूलाई अघि बढाउँदै आएका छौ । नेपाल बाढीपहिरो, आगलागी, महामारी, खडेरी, चट्याङ जस्ता नियमित प्रकृतिका प्राकृतिक तथा मानव निर्मित प्रकोप तथा भूकम्प जस्ता कहिलेकाहीँ जाने र ठूलो मात्रामा जनधनको क्षति हुने प्रकोपका हिसाबले उच्च जोखिममा रहेको देशमा पर्दछ ।
यसवर्षको मनसुन अन्त्यतिर छौ हामी । तर, यतिबेला बाढीको कहर भोग्नु परेको छ । दूरदराजका ठाउँको हाल त बेहाल छ भने राजधानीको अवस्था पनि उस्तै छ । ललितपुरको युएन पार्क क्षेत्रको सडक डुबानमा परेको छ भने थापाथलीदेखि बल्खुसम्म नदी किनारमा रहेका सुकुम्बासीका घरटहरा डुबाएको छ । बल्खुस्थित तरकारी बजार र त्यस वरपरका खाजा पसलहरू डुबाएको छ । यसैगरी, उपत्यकाको गोकर्णेश्वर, बल्खु, विष्णुमती, थापाथली, शंखमूल, मनोहरा, धोबीखोला, जडिबुटी मनोहरा खोला तथा पशुपति क्षेत्रसहित धेरै क्षेत्र जोखिमयुक्त देखिए । लगातारको वर्षाले काठमाडौं उपत्यकास्थित नदी आसपासका सडक तथा केही मुख्य सडकखण्डमा सवारी आवागमन पनि प्रभावित भए । काठमाडौंको तीनकुने, गैरीगाउँ, यूएनपुल, टेकूस्थित विष्णुमती करिडोर, माइतीघर नयाँबाटो, ग्वार्को-इमाडोल सडक, परोपकार, सानेपा, कालोपुल, बल्खुपुललगायत सडकमा सवारी आवागमन प्रभावित भए । पहिरोका कारण विभिन्न नाका हुँदै काठमाडौं भित्रने र बाहिरने सवारीसाधन पनि चल्न सकेनन् । नागढुंगा-नौबिसे, फर्पिङ, भीमढुंगा, धर्मस्थली-तीनपिप्ले र कान्ति लोकपथ अवरुद्ध भएका छन् । पानीको बहाव बढेकाले बनेपा बजार हुँदै चल्ने सवारीसाधनमा अवरोध पुग्न गयो । यस्तै देशका अधिकांश सडक अवरुद्ध भएका छन् ।
शुक्रबार रातिदेखि देशका अधिकांश स्थानमा लगातार झरी परिरहेको छ र यसले जनधनमा व्यापक क्षति पु¥याएको छ । मौसम विज्ञान विभागका अनुसार अहिले परिरहेको झरी कम्तीमा आज (आइतबार)सम्म जारी रहनेछ । नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि देशभर वर्षा भएको हो । त्यसको प्रभावले आइतबारसम्म सामान्यदेखि भीषण वर्षा हुनसक्ने प्रक्षेपण विभागले गरेको हो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मकै साना ठूला सबै नदी, खोला र खहरेमा आएको बाढीले पछिल्लो समय देशैभर हाहाकार मच्चियो । यसले गाउँ र बजारमा बाढी पसेपछि जनता त्राहिमाम भएका छन् । मुख्य नदी र सहायक नदी तथा खोलाहरूका कारण देशका विभिन्न क्षेत्रका जनताको दैनिकी कष्टकर बनेको छ । अविरल वर्षाले बाढी आएको छ । पहाडमा वर्षाकै कारण विभिन्न ठाउँमा गएको पहिरो गएको छ । धेरैजसो राजमार्ग अवरुद्ध भएका छन् ।
देशमा हरेक वर्ष बाढी आउँछ, पहिरो जान्छ र जनधनको क्षति हुन्छ । सरकार र अन्य व्यक्ति तथा संस्थाले उद्धारका लागि सकेको प्रयत्न पनि गर्छन् । तर, बाढीको कहर मत्थर हुनेबित्तिकै सरकारले बिर्सन्छ र पीडितहरू जसोतसो गुजाराको जोहो गर्न लाग्छन् । त्यसपछि अर्को वर्ष बाढी नआउँदासम्म सबैले बिर्सन्छन् । जोखिम कम गर्न तटबन्ध बनाउनेदेखि जलाधार संरक्षणसम्मका योजना गुणस्तर कायम गरेर बेलैमा सम्पन्न गराउन कसैको ध्यान जाँदैन । अनियोजित रूपमा पहाडमा एस्काभेटर र डोजर चलाएर खोस्रने क्रमले जोखिम बढाएको छ भने नदी किनारलाई ओगटेर निर्माण गरिएको संरचनाले थप समस्या निम्ताएको छ । नदी किनारको सिमाना मिचेर तिरैमा बसेका बस्तीमा खोलाको कहर बढी भयावह हुन्छ । बाढीपहिरोको जोखिमलाई हामीले नै निम्तो दिइरहेका छौ ।
एकातिर प्राकृतिक जोखिममा छौ भने अर्कोतिर देशको राजनीतिक अवस्था व्यथिति र विकृतिको मारमा पर्दै आइरहेका छौ । पछिल्लो समय सहकारीको रकम हिनामिनाको विषयले चर्चा पाइरहेकै छ । राजनीति दलका केही नेताहरू नै यसमा मुछिएपछि चर्चा र चासो बढनु स्वभाबिक हो । देशमा सहकारीको अर्बौैं रुपैयाँ अपचलन वा ठगी भएको छ । यसले पीडितहरू आन्दोलित छन् । उनीहरूका माग अझै पूरा हुन सकिरहेको छैन ।
सहकारीको क्षेत्रमा लाखौं जनताले जम्मा गरेको अर्बौं रुपैयाँको ठगी हुँदै आएको छ । लाखौँ जनता पीडित हुनुपरेको छ । सहकारीको रकमको हिनामिना गर्ने सबै व्यक्तिमाथि कडा, निष्पक्षीय छानविन हुनुपर्छ र दोषीलाई कडा कारबाही हुनुपर्छ । यो भन्दा बढी व्यक्ति विशेषलाई किटान गरेर लेख्नुभन्दा प्रवृतिको विरोध गर्नु आजको आवश्यकता हो । ढिलो चाँडो जो सुकै होस् कानुनी कारबाहीमा नआइ सुखै छैन । भागेर बसेकाहरू पनि एक दिन कानुनी दायरामा आउनु नै पर्छ । कति दिन लुकेर बस्न सकिन्छ र ?
यस्तै, देशमा अर्को विकाराल रूपमा देखिएको समस्या हो भ्रष्टाचार । हामीकहाँ विभिन्न रूपमा भ्रष्टाचार बढिरहेको छ । सुन तस्करी, भुटानी शरणार्थी प्रकरण, बालुवाटार जग्गा प्रकरण, गिरीबन्धु टी-स्टेट जस्ता काण्डहरू बाहिर आए । तिनीहरूमा उच्च राजनीतिक वृत्तसमेत संलग्न भएको तथा त्यसरी उनीहरूद्वारा भ्रष्टाचारको संरक्षण भएको कुरा पनि प्रष्ट हुँदै गएको छ । जनताबाट उठ्ने राजस्वको समेत सही रुपमा सदुपयोग हुन सकेको छैन । हामीले देखिरहेका छौ, भ्रष्टाचारका कारणले देशको विकास अवरुद्ध हुने गरेको छ । जनतामा आश जगाउने सरकार भएको भए पनि केही फरक पर्दथ्यो त्यो पनि भएन । निराशामा जनता कति दिन बाँच्ने ? हुने खानेहरूलाई त कुनै समस्या छैन हुँदा खानेहरूलाई ठूलो समस्या छ । धनी र गरिब बीचको खाडल झन् गहिरिँदै छ ।
हामीले हरेक वर्ष मनसुनको समयमा सयौंको संख्यामा पहाडी भूभागमा पहिरो र तराई क्षेत्रमा बाढीले कैयौंको मृत्यु तथा करोडौं धनको क्षति भोग्दै आएका छौ । यो वर्ष पनि बाढी र पहिरोको क्षति व्यहोर्न बाध्य भयौं । प्राकृतिको रौद्र रूपले यो वर्ष पनि हामीलाई थप कहर दिएको छ । यस्ता घटनाबाट जनधनको क्षति वर्षैपिच्छे बढ्दो छ । यसलाई न्यूनीकरण गर्न ठोस कदम र थप पहलको आवश्यक छ । हामीले प्राकृतिक प्रकोपलाई रोक्न त सक्दैन तर न्यूनीकरण गर्न भने अवश्यक सक्छौ ।
यतिबेला हामी हाम्रा मुख्य चाडपर्वको सम्मुखमा छौ । सबैतिरबाट आक्रान्त भए पनि आउँदै गरेका चाडपर्व मनाउनुपर्ने हाम्रो बाध्यता छ । चाडपर्वको मुखमा महँगीले झन्झन् आकाश छुँदै छ । चाडबाडको बेलामा बढिरहेको महँगी र कालोबजारीको कारणले जनता हरेक वर्ष पीडित हुनुपरेको छ । महँगी र कालोबजारीमाथि नियन्त्रण गर्न कडा कदम उठाउनुपर्ने जरुरी छ । यो कुरामा सरोकारवाला निकाय जुरुक्क उठनुपर्ने बेला भएको छ । बजारभाउ छोइ सक्नुछैन । शहर बजारको बसाई झन् महँंगो हुँदै गएको छ भने गाउँ घरमा आवश्यक सामग्रीको अभाव छ । देश र जनताका तममा समस्यालाई समाधान गर्ने मुख्य विषय भनेको राजनीति रेहछ ।
तमाम कहरै कहरबीच जिउन बाध्य भएका हामीलाई यतिबेला फेरि प्राकृतिक कहर आइलेको छ । हुन त हरेक वर्षजस्तो हामीले यस्तो कहर भोग्दै आएका छौ । कहिले कोभिडको कहर त कहिले केको कहरमा हामीले आफूलाई अघि बढाउँदै आएका छौं । नेपाल बाढीपहिरो, आगलागी, महामारी, खडेरी, चट्याङ जस्ता नियमित प्रकृतिका प्राकृतिक तथा मानव निर्मित प्रकोप तथा भूकम्प जस्ता कहिलेकाहीँ जाने र ठूलो मात्रामा जनधनको क्षति हुने प्रकोपका हिसाबले उच्च जोखिममा रहेको देशमा पर्दछ । नेपाल प्राकृतिक प्रकोपको ग्लोबल इन्डेक्सअनुसार वातावरणीय खतराका हिसाबले चौथो संवेदनशील देश हो भने भूकम्पीय जोखिममा ११औं र बाढी प्रकोपमा १३औं स्थानमा छ । पछिल्लो तथ्यांक हेर्दा पानी प्रकोपका कारण हरेक वर्ष दुई सयभन्दा बढीको ज्यान जाने गरेको देखिन्छ । दुई अर्बभन्दा बढीको नोक्सान, सयौं बेपत्ता र घाइते, हजारौं घरपरिवार प्रभावित र विस्थापित हुने गरेका छ । वल्र्ड रिसर्च इन्सटिच्युटको ग्लोबल फ्लड एनालाइजरको तथ्यांकलाई आधार मान्ने हो भने सन् २०३० सम्ममा हरेक वर्ष २१५ खर्ब रुपैयाँ क्षतिको मुल कारण बाढी हुने सम्भावना छ । यसको प्रभाव पश्चिममा अफगानिस्तानदेखि पूर्वमा बंगलादेशसम्म पर्नेछ । यसअघि सय वर्षमा एकाध पटक मौसमको कारण आउने ठूला विपत्ति अहिले तीन/चार वर्षकै अन्तरालमा दोहोरिन थालेका छन् । यसको जिम्मेवारी हामी नै हौ । हामीले प्राकृतिको अनावश्यक दोहानका कारण नै यो समस्या बढ्दै गएको विज्ञहरू बताउँछन् ।
अन्त्यमा, हामीले हरेक वर्ष मनसुनको समयमा सयौंको संख्यामा पहाडी भूभागमा पहिरो र तराई क्षेत्रमा बाढीले कैयौंको मृत्यु तथा करोडौं धनको क्षति भोग्दै आएका छौ । यो वर्ष पनि बाढीपहिरोको क्षति व्यहोर्न बाध्य भयौं । प्राकृतिको रौद्र रूपले यो वर्ष पनि हामीलाई थप कहर दिएको छ । यस्ता घटनाबाट जनधनको क्षति वर्षैपिच्छे बढ्दो छ । यसलाई न्यूनीकरण गर्न ठोस कदम र थप पहलको आवश्यक छ । हामीले प्राकृतिक प्रकोपलाई रोक्न त सक्दैन तर न्यूनीकरण गर्न भने अवश्यक सक्छौ । यसमा सम्बन्धित निकाय समयमै चनाखो हुनुका साथै त्यस अनुसारको तयारी आवश्यक छ ।
प्रतिक्रिया