कोहिमा /सुन्दा अचम्म लाग्न सक्छ किनभने भारतीय गोर्खालीहरुलाई समय -समयमा कोहिमा पुलिसले शिकार बनाउदै आएको छ ।गत दिन कोहिमा जिल्ला अन्तर्गत हाईस्कुलमा पनि सोही घटना घटेको छ ।
जिल्ला मुख्यालय कार्यालय कोहिमाबाट पठाएको टोलिले बिहान पास चेकिङ अर्थात आइएलपी चेकिङ समयमा चारजना भारतीय गोर्खालीहरुलाई पक्राउ गरेको र प्रति व्यक्ति पाँच सय रुपियाँ लिएको खबर छ ।
प्राप्त समाचार अनुसार उनीहरू चारजना भने एउटा दोकानमा काम गर्ने थिए ।
उनीहरूले प्रेसलाई बताए कि हामीहरू दुईजना दिमापुर बस्ने एकजना कोहिमा र एकजना भने मणिपुर बस्ने र काम भने एकजग्गामा गर्ने बताए ।
उनीहरूले अगाडि भने कि हामीहरु भारतीय गोर्खाली हो र हामी दिमापुर -मणिपुर बस्ने हो ।भारतीय गोर्खाहरुलाई पास चाहिन्न नि ।
उनीहरूको जवाफमा पुलिसले भन्यो कि तिमीहरू सबै नेपालको नेपाली हो ।अब सबै नेपालीहरुलाई पास लाग्छ ।तिमीहरू जहाँ पनि काम गर्ने हो पास अनिवार्य लाग्ने छ ।
पास चेकिङमा पक्राउ परेका एकजना भाइले भने कि हामीहरू नेपालको होइन भन्दा पनि पुलिसले जबर्जस्ती नेपालको लेखेर पाँच सय रुपियाँ लग्यो अनि भन्नू नभन्नु भन्यो ।
पास चेकिङ समयमा परेकी एकजना महिलाले पनि प्रेसलाई बताइन कि म कोहिमाको मान्छे हो भन्दा पनि पास माग्यो ।महिलालाई पास माग्ने आज सम्म सुनेको थिएन ।पुलिसले अत्याचार गर्यो ।
पक्राउ परेको भाइले बताए कि भारतीय गोर्खाहरु माथि पुलिसले कुरा नसुनेर अत्याचार गरेको हो ।
एकजना वयोवृद्धले पनि भने कि म कोहिमामा जन्मेको हुर्केको र आज यो अवस्था भयो ।पुलिसले कहिले पनि अत्याचार गरेको थिएन ।आज मलाई पनि नेपालको नेपाली भनेर पास माग्यो नभए पैसा लिन्छ ।
उनले अगाडि भने कि आज उनीहरू चाहिँ भारतीय भए अनि हामीहरू चाहिँ विदेशी ।सरकारले नीति निर्माण गर्नुपर्ने र नागाल्याण्डबाट भारतीय संविधानको धारा ३७१ को अ र ब क्लाउज छिटो हटाउनु पर्नेछ ।
स्मरण रहोस कोहिमा पुलिसले समय -समयमा भारतीय गोर्खालीहरु माथि अत्याचार नगरेको कुरा नौलो होइन ।यो सबै भारतीय संविधानको धारा ३७१ को आडमा गरिने गरिन्छ ।
डा हरिमोहन पोखरेल
प्रतिक्रिया