Pura Samachar

बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर १४८ को मृत्यु , ५५ जना बेपत्ता

प्रकाशित: September 29, 2024
पूरा समाचार

बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर १४८ को मृत्यु , ५५ जना बेपत्ता

काठमाडौं, असोज १३ । बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर १४८ को मृत्यु भएको छ भने ५५ जना बेपत्ता भएका छन् । विपद्मा परी १०१ जना घाइते भएका छन् ।

बाढी, पहिरोमा परी धादिङमा ३८, ललितपुरमा २२, काठमाडौँमा १६, काभ्रे २९, मकवानपुर सात, सिन्धुपाल्चोक छ, सोलुखुम्बु पाँचथर र भक्तपुरमा पाँच/पाँच जनाले ज्यान गुमाएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।

उनकानुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटामा दुई, महोत्तरीमा दुई, रामेछापमा एक, झापामा दुई, उदयपुरमा एक, इलाममा एक, सप्तरीमा एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९ हजार ९८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म ३ हजार ६६१ जनाको उद्धार गरिएको प्रवक्ता तिवारीले बताए।

यसैगरी बाढीपहिराले ३२२ वटा घरमा क्षति र १६ पुल बगाएको सशस्त्र प्रहरी बलले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कमा उल्लेख छ।

प्रतिक्रिया