काठमाडौं, असोज १४ : सत्ता साझेदार नेपाली कांग्रेसले मंगलबारका लागि संसदीय दलको बैठक बोलाएको छ।
बैठक मङ्गलवार दिउँसो २ बजेका लागि डाकिएको छ। बैठकका लागि सबै सांसदलाई वानेश्वरस्थित संघीय संसद्को ल्होत्से हलमा बोलाइएको छ।
विशेषगरी बाढी पहिरो र विपत्तिका बिषयमा छलफल गर्न बैठक डाकिएको जनाइएको छ। यसबाहेक समसामयिक विषयमा पनि छलफल हुने भएको छ।
प्रतिक्रिया