काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा उछाल आएको छ ।
आज नेप्से परिसूचक ११४ दशमलव ७० अंक(४.५७ प्रतिशत)ले बढेर २६२३ दशमलव ५६ को विन्दुमा पुगेको छ ।
मंगलबार ३०७ कम्पनीका ९६ हजार ९ सय ६ पटकको कारोबारमा १ करोड ७५ लाख ७ हजार ५ सय ५५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २ सय ५८ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया