बंगलादेशमा ठुलो राजनीतिक अस्थिरताले अन्तर्राष्ट्रिय क्रिकेट परिसद् आईसीसीले बंगलादेशमा आयोजना हुने तालिका रहेको महिला टी-२० विश्वकप अन्यत्र सारेकाे हाे।
प्रतियोगिताको समूह ए मा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया, भारत, पाकिस्तान, न्यूजिल्याण्ड र श्रीलंका छन् । समूह बी मा बंगलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्याण्ड रहेका छन् ।
प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको उद्दघाटन खेलमा आज बंगलादेशले शारजाहमा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ । खेल नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ ।
टी-२० विश्वकपमा एक दिनमा अधिकतम दुई खेल खेलिनेछ । आजै पाकिस्तान र श्रीलंका भिड्नेछन् । यी दुईबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ । प्रतियोगितामा सेमिफाइनल र फाइनलसहित २३ हुने छन् ।
प्रतिक्रिया