झापा- इलामको माङ्सेबुङ गाउँपालिकाको भोटेडाँडामा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एकको ज्यान गएको छ ।
ज्यान गुमाउने ट्रकका सहचालक ३५ वर्षीय पाँचथर मिक्लाजुंग गाउँपालिका -४ का किरन राई हुन् । उक्त दुर्घटनामा घाइते भएपश्चात् अस्पताल लैजाने क्रममा बाटोमै किरनको ज्यान गएको थियो ।
ना३ख २०५ नंको गोलिया बोकेको ट्रक पाँचथरको रविबाट दमक झापातर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो ।
ट्रक अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । दुर्घटनामा चालक ताप्लेजुङ डाँडागाउँका २० वर्षीय प्रमोद श्रेष्ठ घाइते भएका छन् ।
प्रतिक्रिया