ललितपुरको च्यासलमा दिउँसै घरभित्र पसेर लुटपाट गर्ने ४ जना पक्राउ परेका छन् । च्यासलमा बस्ने धनकुमारी ठकुरीको घरमा दिउँसै लुटपाट गर्ने ३ जना युवतीसहित ४ जना पक्राउ परेका हुन् । पुस १३ गते अपरान्हको समयमा ५७ वर्षीया धनकुमारी ठकुरीको कोठामा पसेर उनीहरुले सी माला २ थान, पहेँलो पत्थर १ थान, पहेँलो टल्किने धातु १ थान र पुराना सिक्काहरु १४ थान लुटेका थिए ।
पक्राउ पर्नेमा उदयपुर घर भई हाल ललितपुरको च्यासल बस्ने २६ वर्षीय भरत मगर, ताप्लेजुङको घर भइ ललितपुरको लगनखेल बस्ने २८ वर्षीया निर्मला राई, ललितपुरको भारदेब–२ घर भई हाल लगनखेल बस्ने २० वर्षीया सुस्मिता डिम्डो र ललितपुरको चापागाउँ बस्ने २९ वर्षीया लबिन लामा बल तामाङ छन् ।
प्रतिक्रिया