Pura Samachar

हेटौँडामा एक पुरूष मृतक अवस्थामा फेला

प्रकाशित: January 10, 2021
पूरा समाचार

हेटौँडामा एक पुरूष मृतक अवस्थामा फेला

हेटौंडा । मकवानपुरको हेटौंडामा एक पुरुषको शव फेला परेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नंबर ११ थानाभर्याङमा अन्दाजी ४५ वर्षीय एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनले शव सडक नजिकै फेला र सनाखत हुन नसकेको बताए । आईतबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

 

प्रतिक्रिया